रोटरी सम्मेलन चैत ८ देखि ललितपुरमा
टुरिजमफेस
काठमाडौँ । सामाजिक संस्था रोटरीको नेपाल–भूटान डिस्ट्रिक सम्मेलन आगामी शुक्रबारदेखि ललितपुरमा सुरु हुँदैछ । चैत ८, ९ र १० गतेसम्म सञ्चालन हुने सम्मेलनमा नेपालका १५७ र भूटानका एक गरी १५८ क्लबका एक हजार ५०० सदस्य सहभागी हुने रोटरीको डिस्ट्रिक ३२९२ का गभर्नर राजेन्द्रमान शेरचनले जानकारी दिनुभयो ।
सम्मेलनमा स्वदेशी तथा विदेशी विज्ञहरूले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरी विभिन्न सेसन सञ्चालन गर्ने कार्यक्रम रहेको १७ औं सम्मेलनका संयोजक मधुसूदन आचार्यले जानकारी दिनुभयो । सम्मेलनमा डिस्ट्रिक रिपोर्ट तथा भावी आयोजनाबारे छलफल, अवार्ड तथा रिक्गनिशन, रोटरीको नेतृत्व चयन लगायतका कार्यक्रम हुनेछन् ।
नेपालमा रोटरीले स्वच्छ खानेपानी र वातावरण, शान्ति प्रवद्र्धन, रोगविरुद्धको लडाइँ, मातृशिशु स्वास्थ्य, शिक्षा, स्थानीय अर्थतन्त्र बलियो बनाउने लगायतका क्षेत्रमा काम गर्दै आइरहेको छ ।
