काठमाडौं–रारा पर्यटक बस चलाउन अध्ययन

टुरिजमफेस
काठमाडौं । काठमाडौंदेखि रारासम्म पर्यटक बस सञ्चालनको सम्भाव्यता अध्ययनका लागि टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टीबान)को पहलमा विशेष भ्रमण टोली काठमाडौंबाट प्रस्थान गरेको छ । पर्यटन क्षेत्रमा काम गरिरहेका पर्यटन व्यवसायीहरू पर्यटक बसमा रारा पुग्ने र बाटोको अवस्थालगायत समग्र यात्राको स्थिति बुझ्न नेपाल पर्यटन बोर्डको प्रांगणबाट प्रस्थान गरेका हुन् ।
उनीहरूलाई नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले बिदाइ गरेका छन् । टुरिस्ट बस एसोसिएसन अफ नेपालका अध्यक्ष भिष्म न्यौपानेले यात्राको सफल सुरुआत नेपाल पर्यटन बोर्डले देखाएको सद्भावको परिणाम भएको बताए । उनले भने, ‘सडक र भौतिक पूर्वाधारको अवस्था सरल र सहज देखिएको छ । हामी यस यात्रामा यात्राका क्रममा आइपर्ने कठिनाइ र सम्भावनाहरूको सूक्ष्म अध्ययनपछि थप योजनाबद्ध रूपमा अघि बढ्नेछौं ।’ टीबानका पूर्वअध्यक्ष कृष्ण आचार्यले सडकमार्फत रारा यात्रा पूर्ण सम्भव रहेको बताउँदै भने, ‘काठमाडौंदेखि रारा जाने यो नै सही सिजन हो ।
यही सिजनमा हामीले काठमाडौंबाट बस यात्रा गराएर रारा पु¥याउन सक्यौं र यसका लागि थप प्याकेजहरू बनाउन सक्यौं भने रारामा पर्यटकहरूको संख्यामा वृद्धि हुनेछ । भ्रमण टोलीमा पर्यटन क्षेत्रका व्यवसायी, सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी छन् । अध्ययनपछि नियमित पर्यटक बस सेवा सञ्चालन गर्ने तयारी रहेको जनाइएको छ ।