१ः०.४२ हकप्रद बिक्री गर्दै एसियन लाइफ, धितोपत्र बोर्डले दियो अनुमति

टुरिजमफेस
काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले १ः०.४२ को अनुपातमा हकप्रद निष्कासन गर्न लागेको छ । उसले हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
जस अनुसार एक सय कित्ता सेयर हुनेले ४२ कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीले एक सय रूपैयाँ प्रतिकित्ताको दरमा १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद निष्कासन गर्नेछ ।
हाल कम्पनीको चुक्ता पुँजी तीन अर्ब ३९ करोड ९८ लाख रूपैयाँ रहेकोमा हकप्रद जारी गरेसँगै कम्पनीको चुक्ता पुँजी करिब पाँच अर्ब रूपैयाँ पुग्नेछ । कम्पनीको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।