यी हुन् सेयर जारी गर्न अस्वीकृत भएका १४ कम्पनी

टुरिजमफेस
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सर्वसाधारणका लागि सेयर जारी गर्न पाइपलाइनमा रहेका १४ वटा कम्पनीको प्रस्ताव अस्वीकृत गरेको छ ।
ती कम्पनीहरूले सेयर निष्कासनका लागि प्रक्रिया पूरा गरेको जनाएका थिए । सेबोनले भने ती कम्पनीहरूको नेटवर्थ ९० रूपैयाँ नपुगेको भन्दै सेयर निष्कासनको प्रस्ताव अस्वीकृत गरेको हो । सेयर निष्कासन गर्ने कम्पनीको नेटवर्थ धनात्मक हुनुपर्ने कानुनी प्रावधान छ ।
नेटवर्थ नपुगेका कारण सेयर निष्कासन गर्न नपाउने भएका कम्पनीहरूमा प्रभु हेलिकप्टर, कान्तिपुर टेलिभिजन, एकर्ड फर्मा, अन्नपूर्ण केबुलकार, सानिमा हाइड्रोपावर, रिचेक जलविद्युत्, लाफिङ बुद्ध, पुवा खोला जलविद्युत्, बेनी हाइड्रोपावर गायत छन् । अब ती कम्पनीले नेटवर्थ धनात्मक भएपछि मात्र पुनः निवेदन दिनुपर्नेछ ।