मनै लोभ्याउने अन्तु डाँडा (फोटो फिचर)


टुरिजमफेस
इलाम । पूर्वी नेपालको इलाममा रहेको अन्तु डाँडा । देशविदेशबाट पर्यटक पुग्ने अन्तुमा होटल व्यवसाय फस्टाउने क्रममा छ । यहाँ स–साना कटेज र होमस्टे पनि पर्याप्त रूपमा सञ्चालनमा छन् । एकछिनमा तुँवालो लाग्ने अनि एकैछिनमा झलमल्ल घाम लाग्ने यहाँको मौसमले पनि पर्यटकलाई लोभ्याएको छ ।
यो ठाउँ पुग्न इलामको फिक्कल बजारबाट छिपिटार, सिद्धिखोला हिरूवा हुँदै करिब २ घण्टा ट्याक्सीमा लाग्छ । भ्रमण गर्ने समय विशेष गरी असोज, कात्तिक, मंसिर र फागुन र चैतलाई उपयुक्त मानिन्छ भने अन्य समयलाई सामान्य रूपमा लिइन्छ ।
अन्तुडाँडा सूर्योदय र सूर्यास्तको दृश्यावलोकनको लागि प्रसिद्ध छ । यस बाहेक कञ्चनजङ्घालगायतका हिमालको दृश्यावलोकन, अन्तु पोखरीको सुन्दरता, भारतको सिलिगुडी, खर्साङ, मिरिक र तराईका फाँटहरूको दृश्यावलोकन गर्न सकिन्छ ।

सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी