पर्यटन बोर्डको सीईओ बन्न १६ उम्मेदवार सर्टलिस्ट
काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सीईओ) पदका लागि १६ जना उम्मेदवार संक्षिप्त सूचीमा परेका छन्।
कार्यकारी प्रमुख छनोट तथा नियुक्ति सिफारिस कार्यविधि, २०८३ अनुसार उम्मेदवारहरूको मूल्यांकनपछि प्राप्त अंकका आधारमा १६ जनालाई सर्टलिस्ट गरिएको हो। छनोट उपसमितिले शुक्रबार सार्वजनिक गरेको सूची वर्णानुक्रमअनुसार तयार गरिएको जनाएको छ।
सर्टलिस्टमा आशुतोष प्रधान र उत्तम प्रसाद देवकोटा (चितवन), टेक बहादुर महत (इलाम), धर्मराज दवाडी (चितवन), नोजल कोइराला (मोरङ), युविका भण्डारी, राजाराम केसी, राम चन्द्र सेढाईं र सन्तोष विक्रम थापा (काठमाडौं) रहेका छन्।
त्यस्तै रोहिणी प्रसाद खनाल (भक्तपुर), लक्ष्मण गौतम (दाङ), विनोद अर्याल (पाल्पा), श्रद्धा श्रेष्ठ (ताप्लेजुङ), श्री प्रसाद भट्टराई (रुपन्देही), सुरेश सिंह बुडाल (बैतडी) र हिकमत सिंह ऐर (कञ्चनपुर) पनि सर्टलिस्टमा परेका छन्।
उपसमितिले सर्टलिस्ट भएका सबै उम्मेदवारलाई आगामी मंसिर १० गते बिहान ८ः१५ बजे नेपाल पर्यटन बोर्डको सचिवालयमा उपस्थित हुन निर्देशन दिएको छ।
उम्मेदवारहरूले उक्त दिन आफ्नो शैक्षिक योग्यता तथा अनुभवसम्बन्धी सक्कल प्रमाणपत्र पेश गर्नुपर्नेछ। साथै, छनोट प्रक्रियाअन्तर्गत उनीहरूले प्रस्तुतीकरणसमेत दिनुपर्ने जनाइएको छ।
अब सर्टलिस्टमा परेका उम्मेदवारमध्ये थप मूल्यांकनका आधारमा पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि उम्मेदवार सिफारिस गरिनेछ।
