श्रम मन्त्रालयद्वारा एनआरएनएलाई सम्मान

टुरिजमफेस
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा महत्वपूर्ण सहकार्य प्रदान गरेकोमा गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई सम्मान गरेको छ ।
सम्मेलनको सफल आयोजना र श्रम, रोजगार तथा सामाजिक सुरक्षाको क्षेत्रमा सशक्त नीति निर्माणमा योगदान पु¥याएको भन्दै मन्त्रालयले एनआरएनएसहित विभिन्न संघ–संस्थाहरू, विज्ञ, सामाजिक साझेदार तथा सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गरेको हो ।
सन् २०२५ को मार्च १० र ११ तारिखमा सम्पन्न सम्मेलनका क्रममा विभिन्न विषयमा गहन छलफल र सुझाव आदानप्रदान भएका थिए । जसमा संघका तर्फबाट अध्यक्ष डा बद्री केसीको सहभागिता रहेको थियो । यस्तै सम्मेलनको सुरुवातदेखि नै गैरआवासीय नेपाली संघले सहकार्य गर्दै आएको थियो ।