पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्नूः उच्च अदालत

टुरिजमफेस
काठमाडौं । उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ऋषि राजभण्डारीको इजलासले पाठकलाई पक्राउ नगर्न आदेश जारी गरेको हो ।
पाठकलाई विद्युतीय कारोबार (साइबर अपराध) मुद्दामा प्रकाउ गरी अुनसन्धान गर्न प्रहरीको साइबर ब्यूरोले जिल्ला अदालतबाट अनुमति लिएको थियो । र, जसका विरुद्ध पत्रकार पाठक उच्च अदालत गएका थिए ।