राष्ट्रपति पौडेल धान रोपाइँमा सहभागी

टुरिजमफेस
काठमाडौं । धान दिवसको उपलक्ष्यमा राष्ट्रपति रामचन्द्र पौडेल धान रोपाइमा सहभागी भएका छन् । उनी राष्ट्रपति निवास शीतल निवासमा गरिएको रोपाइँ कार्यक्रममा सहभागी भएका हुन् । राष्ट्रपति कार्यालयद्वारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति पौडेलसहित प्रथम महिला सबिता पौडेल पनि सहभागी भइन् ।
त्यस बेला पौडेलले कृषिलाई आधुनिकीकरण गर्दै व्यावसायिक बनाउन आवश्यक रहेको बताए । उनले कृषिलगायत सबै खाले श्रमको सम्मानको लागि प्रतिकात्मक रूपमा रोपाइँमा सहभागी भएको बताए ।