आन्तरिक पर्यटन विदाको व्यवस्था गर्दै संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट पारित

parliament meeting
काठमाडौं । संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । आइतबार बसेको सभाको बैठकले उक्त विधेयक पारित गरेको हो ।
विधेयकमा संघीय कर्मचारीलाई आन्तरिक पर्यटन विदा दिने प्रस्ताव गरिएको छ । यसले कर्मचारीहरुलाई देशभित्र घुम्न प्रोत्साहित गर्नुका साथै पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ ।
विधेयक पारित हुनु अगाडि सभामा उठेका प्रश्नहरूमाथि जवाफ दिने क्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले नेपालको संविधान २०७२ अनुसार विधेयक आएको बताएका थिए ।
यो विधेयकमा सरकारी कर्मचारीलाई पुन: सरकारी तथा संवैधानिक नियुक्ती खान २ वर्ष कुलिङ पिरियड राखिएको छ । अवकास हुने उमेर ६० वर्ष पुर्याइएको छ । ट्रेड युनियन लगायतका व्यवस्थालाई भने यथावत राखिएको छ ।
parliament meeting