५८ लाख ६० हजार कित्ता सेयर निष्कासन गर्न बन्दीपुर केबुलकार एण्ड टुरिजम कम्पनीलाई अनुमति

टुरिजमफेस
काठमाडौं । बन्दीपुर केबुलकार एण्ड टुरिजम कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले उक्त कम्पनीलाई सर्वसाधारण समूहमा अंकित १ सयका दरले कुल ५८ लाख ६० हजार कित्ता सेयर निष्कासनका लागि अनुमति दिएको हो ।
सेयर जारीपछि सर्वसाधारण समूहको सेयर हिस्सा २०.७ प्रतिशत हुन्छ । उक्त कम्पनीले केयर रेटिङ नेपालबाट बीबी रेटिङ पाएको छ । यो भनेको समग्रमा कम्पनीको अवस्था राम्रो छ भन्ने हो ।
निष्कासन तथा बिक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ तोकिएको छ । कम्पनीले हालै तनहुँमा केबुलकार सेवा सञ्चालनमा ल्याएको हो ।