बालेन शाहले किन भेटे पूर्व राष्ट्रपति विद्या भण्डारीलाई ?

टुरिजमफेस
काठमाडौँ । काठमाडौं महानगरपालिकाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेपछि अर्थपूर्ण रूपमा लिइएको छ । खासगरी पछिल्लो समयमा नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र मेयर शाहबीच सम्बन्ध चिसिएको बेला भण्डारीसँग भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको हो ।
पूर्व राष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा आउने चर्चा छ । मेयर शाहले भण्डारीलाई उनकै निवास भंगालमा गएर भेटेका हुन् । बालेन निकट स्रोतका अनुसार दुई जनाको भेटमा समसामयिक राजनीतिको बारेमा छलफल भएको थियो ।