रसुवाको चन्दनबारीमा नेपाल टेलिकमको 2G BTS

टुरिजमफेस
काठमाडौं । नेपाल टेलिकमले रसुवाको चन्दनबारीमा 2G BTS सञ्चालनमा ल्याएको छ । रसुवाको गोसाइकुण्ड गाउँपालिकास्थित समुद्री सतहबाट करिब २ हजार ३०० मिटरको उचाइमा रहेको सो स्थानमा सेवा सञ्चालनमा ल्याइएको हो ।
नेपाल टेलिकमले धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा परिचित गोसाइकुण्ड जाने तिर्थालु तथा पदयात्रीको सुविधालाई ध्यानमा राखेर चन्दनबारीमा सो सेवा सञ्चालनमा ल्याएकोे जनाएको छ । धुन्चेदेखि देउराली, चन्दनबारी, लौरीविनायक र ४ हजार २०० मिटरमा अवस्थित गोसाइकुण्डसम्म नेपाल टेलिकमको मोबाइल नेटवर्कको पहुँच पुगेपछि पर्यटक तथा दर्शनार्थीलाई फाइदा पुगेको छ ।
प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा परिचित गोसाइकुण्डमा प्रत्येक वर्ष जनैपूर्णिमामा मेला लाग्ने गर्दछ । दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने सरकारको नीतिअनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको जनाएको छ ।