झण्डै ८ हजार नेपाली अमेरिकाबाट निकालिने

फाइल तस्विर
टुरिजमफेस
काठमाडौ । अमेरिकामा बसोबास गरिरहेका मध्ये करिब ८ हजार नेपालीलाई अमेरिकी प्रशासनले तत्काल निकाल्न पाउने अनुमति पाएको छ । अमेरिकाको संघीय पुनरावेदन अदालतले टेम्पोररी प्रोटेक्टेड स्टेटस (टिपिएस) सुविधा अन्त्य गर्न प्रशासनलाई अनुमति दिएको छ ।
अमेरिकी सरकारले केही समय पहिले टिपिएस खारेजीको निर्णय गरे पनि उक्त निर्णय अदालतमा पुगेका कारण कार्यान्वयन हुन पाएको थिएन । अदालतको आदेशसँगै ट्रम्प प्रशासनलाई टिपिएस खारेजीको निर्णय कार्यान्वयन गर्न बाटो खुलेको छ । टिपिएस सुविधा प्रयोग गर्दै अमेरिकामा नेपालीसहित विभिन्न मुलुकका करिब ६५ हजार आप्रवासी बसोबास गर्दै आएका छन् ।
राजनीतिक द्वन्द्व, प्राकृतिक विपत्तिलगायतका समस्यामा परेका मुलुकका नागरिकलाई अमेरिकाले केही समयका लागि टिपिएस सुविधा दिने गर्छ । नेपालले सन् २०१५ को भूकम्पछि टिपिएस सुविधा प्राप्त गरेको थियो । र, अमेरिकी अधिकारीहरूले अहिले टिपिएस सुविधा दिन आवश्यक नरहेको बताउँदै आएका छन् । ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएसँगै आप्रवासीका लागि कडा नीति लिइरहेका छन् । एजेन्सीको सहयोगमा
फाइल तस्विर