जेनजीमाथि प्रहरीको ज्यादत्ति

टुरिजमफेस
काठमाडौं । भ्रष्टाचार र सामानिक सञ्जाल बन्द विरुद्ध प्रदर्शनमा उत्रिएका जेनजीमाथि प्रहरीले ज्यादत्ति गरेको छ । सरकारविरुद्ध नारा लगाएका उनीहरूमाथि दमन गर्दा प्रहरीको गोली लागेर ५ जनाको मृत्यु भएको छ ।
मृत्यु हुने अधिंकाशलाई प्रहरीको गोली लागेको छ । उनीहरूको मृत्यु उपचारको क्रममा भएको हो । प्रहरी दमनमा उत्रिएपछि आन्दोलन झन् आक्रामक भएको छ । सरकारको देशभरि विरोध भइरहेको छ । ठूलो संख्याका युवा घाइते भएका छन् ।