राष्ट्रसंघले भन्यो– नागरिकको प्रजातान्त्रिक अधिकार सुनिश्चित गर

टुरिजमफेस
काठमाडौं । संयुक्त राष्ट्रसंघले नेपालमा नागरिकले प्रजातान्त्रिक अधिकारको अभ्यास गर्न सुनिश्चित गर्न आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघकी नेपाल आवासीय संयोजक हना सिंगर ह्याम्डीले सामाजिक सञ्जाल एक्समार्फत यस्तो आग्रह गरेकी हुन् ।
उनले नागरिकहरूले सुरक्षित र शान्तिपूर्ण रूपमा आफ्नो प्रजातान्त्रिक अधिकारको प्रयोग गर्न सक्ने कुरा सुनिश्चित गर्दै अधिकतम संयम र सावधानी अपनाउन आग्रह गरेकी छन् ।
जेनजी प्रदर्शनमा प्रदर्शनकारीहरूको मृत्यु भएको तथा घाइते भएको घटनाले आफू साह्रै दुखी भएको उनले बताएकी छन् ।