राजीनामा दिँदैमा अपराध क्षम्य हुन्छ ?

टुरिजमफेस
काठमाडौं । जेनजी पुस्तालाई निर्मम दमन गरेर ठूलो जनधनको क्षति पुगेपछि अन्ततः गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । तर उनको राजीनामापछि पीडितलाई कसरी न्याय दिने भन्ने प्रश्न अनुत्तरित छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका छन् । इतिहासकै ठूलो दमनमध्ये एक सोमवारको घटनामा प्रहरी अत्याचार अधिक भएकाले दोषीलाई सोही अनुसारको कारवाही हुनुपर्छ ।
जेनजीको प्रदर्शन हुँदैछ भन्ने थाहा हुँदाहुँदै सुरक्षा संयमता नअपनाउने तर सरकारी संयन्त्रमा रमझम गर्नेले अप्ठेरो पर्दा राजीनामा मात्र दिने हो भने पीडितले कसरी न्याय पाउँछ ?