कर्फ्युकाबिच सरकारविरुद्ध बानेश्वरमा जेनजीहरुको प्रदर्शन
टुरिजमफेस
काठमाडौं । कर्फ्यु आदेश अवज्ञा गर्दै जेनजीहरुले आज बिहानैदेखि प्रदर्शन सुरु गरेका छन् । उनीहरु नयाँबानेश्वरको संसद भवन अगाडि भेला भएर प्रदर्शनमा उत्रिएका हुन् ।
१९ जना युवाको ज्यान गएपछि आक्रोशमा रहेका उनीहरुका साथी र आफ्न्तहरुले सरकारको विरोध गर्दै प्रदर्शन गरिरहेका छन् ।
बानेश्वरको संसद भवन अगाडि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली खटाइएको छ ।
हिजो संसद भवनभित्रै प्रवेश गरेर केही युवाहरुले तोडफोड गरेका थिए । आज भने संसद भवन परिसरभित्रै सेना हतियारसहित बसिरहेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनिश्चितकालका लागि चक्रपथभित्र कर्फ्यु लगाएपनि सहभागीहरुले त्यसलाई अवज्ञा गरिरहेका छन् ।