प्रचन्ड पुत्री गंगा दाहालको घरमा पनि आगजनी

टुरिजमफेस
काठमाडौं । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डकी छोरी गंगा दाहालको घर पनि प्रदर्शनकारीले जलाएका छन् ।ललितपुर महानगरपालिका–२६ स्थित सुनाकोठीमा रहेको दाहालको घरमा जेनजी समूहले आगजनी गरेका हुन् ।
आगजनीबाट दाहालको घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ । युवाहरूले घरभित्रै रहेको बीवाईडी गाडीमा समेत आगजनी गरेका छन् । त्यस्तै पूर्वउपराष्ट्रपति तथा माओवादी नेता नन्दबहादुर पुनको दहचोकस्थित घर पनि प्रदर्शनकारीले जलाएका छन् ।