सुरक्षाकर्मी निष्क्रिय, जेनजी सक्रिय, शेरबहादुर देउवा पत्नीसहित समातिए

टुरिजमफेस
काठमाडौं । प्रदर्शन थालेको दोस्रो दिनमै जेनजी समूहले काठमाडौंलगायत देशलाई नियन्त्रणमा लिएका छन् । अधिकांश सरकारी निकायमा उनीहरू पुगेका छन् । नेताका घरमा आगजनी गरेका छन् ।
सरकारले निषेधाज्ञा जारी गरे पनि जेनजी समूहले बिना रोकटोकजस्तै जसको चाह्यो, त्यसकै घरमा आगजनी गरे । पहिलो दिनको प्रदर्शनमा सरकारले चरम दमन गरेपछि दोस्रो दिनको प्रदर्शन उग्र बनेको थियो ।
जेनजीको दोस्रो दिनको प्रदर्शनले नै केपी शर्मा ओली प्रधानमन्त्रीबाट राजीनामा दिन बाध्य भए । जेनजीले पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणालाई समातेका छन् । उनीहरू समातिँदा रगतपच्छे भएका छन् ।