देशभर कर्फ्यू

टुरिजमफेस
काठमाडौं । प्रदर्शनको तेस्रो दिन देशभर कर्फ्यू लागेको छ । नेपाली सेनाले देशभर कफ्र्यू आदेश जारी गरेको हो । सेनाका अनुसार आन्दोलनको नाममा विभिन्न अराजक व्यक्ति र समूहले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी, लुटपाट गरिरहेकाले कर्फ्यू लगाइएको हो ।
हिंस्रक आक्रमण, बलात्कारका प्रयास जस्ता क्रियाकलाप भइरहेकाले र हुनसक्ने सम्भावना हुँदा देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर कर्फ्यू आदेश जारी भएको सेनाले जनाएको छ ।