भागेका थुनुवा कैदी फर्कन थाले कारागार

टुरिजमफेस
महोत्तरी । गत मङ्गलबार साँझ ‘जेनजी’ आन्दोलनको आडमा महोत्तरी कारागारबाट भागेका कैदी÷थुनुवा फर्कन थालेका छन् ।
महोत्तरी कारागार प्रशासनले लहलहैमा भागेका कैदी÷थुनुवालाई फर्कन अपिल गरेसँगै बुधबार राति तीन जना फर्केको कारागार कार्यालयका निमित्त प्रमुख रवीनचन्द्र ठाकुरले पुष्टि गरे ।
“बुधबार राति तीन जना कारागार आइपुगेका छन्”, ठाकुरले भने, “अन्य कतिपयले फोन सम्पर्क गरी आउन लागेको बताएका छन् ।” भागेकामध्ये अधिकांश कैदी÷थुनुवा फर्कने ठाकुरलाई विश्वास बढेको छ । आफूले बुधबार कार्यालयबाटै भागेका कैदी÷थुनुवालाई फर्कन गरेको अपिलको सकारात्मक प्रभाव परेको उनको भनाइ छ ।
यसैगरी, मङ्गलबार साँझ जेनजी आन्दोलनको आडमा कारागार भत्काएर भागेका ५७६ जनामध्ये भारतिर पस्ने क्रममा १० जना भारतीय पुलिसको नियन्त्रण रहेका खबर फैलिएको छ । यसबारे जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको समन्वयमा सीमावर्ती भारतीय सुरक्षाकर्मीसँग बुझेर आवश्यक प्रक्रिया अघि बढाइने कारागार प्रमुख ठाकुरले बताए ।