यात्रुवाहक सवारीलाई सोमवारदेखि रुट परमिट खुला

टुरिजमफेस
काठमाडौं । यात्रुवाहक सवारीका लागि सोमवारदेखि रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था विभागले असोज ६ देखि २२ गतेसम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला हुने जनाएको छ ।
यसले सवारी साधनको संख्या बढ्न गई सर्वसाधारणलाई सहज हुने बताइएको छ । तर यस अवधिमा बुटवल–नारायणघाट सडक खण्डको दाउन्ने क्षेत्रमा भने १२ चक्के वा सोभन्दा माथिका सवारी साधन सञ्चालनमा रोक लगाइएको विभागले जनाएको छ ।
त्यस क्षेत्रमा सडक निर्माण जारी रहेको र मालवाहक सवारी साधनले सडक बिगार्ने भएकाले यस्तो निर्णय गरिएको विभागले सूचना जारी गरी जनाएको छ । दशैंमा सर्वसाधारण विभिन्न जिल्लामा जाने भएकाले भीड बढ्ने गर्छ ।