सगरमाथाको तिब्बत क्षेत्रमा पर्यटक फसे, नेपालतर्फको अवस्था के छ ?

टुरिजमफेस
काठमाडौं । खराब मौसमका कारण सगरमाथाको तिब्बत क्षेत्रमा फसेका पर्यटकको उद्धार कार्य जारी छ । विभिन्न चिनियाँ सञ्चार माध्यमहरूका अनुसार तिब्बत क्षेत्रमा एक हजार बढी पर्यटक अलपत्र परेका छन् ।
उद्धारकर्ताहरू करिब ५ हजार मिटर क्षेत्रमा सक्रिय छन् । हिउँ हटाउँदै सगरमाथामा फसेका पर्यटकलाई निकाल्ने प्रयास भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । त्यस क्षेत्रमा अझै पनि हिमपात जारी रहेकाले उद्धार कार्यमा कठिनाइ भइरहेको बताइएको छ ।
यता सगरमाथाको नेपालतर्फको भागमा हिमपात भइरहेको छ । तर पर्यटक फसेको बारेमा कुनै पनि निकायले जानकारी दिएका छैनन् । सगरमाथाको टुप्पो जाने पदमार्गमा भने हिउँको डल्लो खसेर अवरुद्ध भएको नेपाल ट्रेकिङ एजेन्सिज् एसोसिएसन (टान) ले जनाएको छ । त्यस खण्डमा यात्रा गर्ने पदयात्रीहरूलाई सावधानी अपनाउन टानले भनेको छ । एजेन्सीको सहयोगमा