राजदूत फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगराउन सर्वोच्चको अन्तरिम आदेश
टुरिजमफेस
काठमाडौं । सर्वोच्च अदालतले राजदूत फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश दिएको छ । सुशीला कार्की नेतृत्वको सरकारले असोज ३० मा ११ देशका राजदूतलाई फिर्ता गर्ने निर्णय गरेको थियो ।
आइतबार न्यायाधीशहरू शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजालासले राजदूत फिर्ता गर्ने सरकारको निर्णय नहुन्जेलसम्म कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको हो ।
अन्तिम आदेश ठहरे बमोजिम हुने नै हुँदा हाललाई राजदूत फिर्ता गर्ने सम्बन्धी निर्णय यथास्थितिमा राख्नू, राख्न लगाउनु भनी विपक्षीहरूका नाममा अन्तरिम आदेशमा भनिएको छ ।
सरकारले चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रूस, साउदी अरब, स्पेन, अमेरिका, बेलायत र जापानका राजदूतलाई फिर्ता बोलाएको थियो । सर्वोच्च अदालतले तत्काल नयाँ राजदूतका लागि संसदीय सुनुवाइ गर्न सकिने अवस्था नरहेको समेत उल्लेख गरेको छ ।
