मंसिर ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न पाइने
निर्वाचन आयोगको कार्यालय
टुरिजमफेस
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली दर्ताका लागि यही मंसिर ५ गतेसम्म अवधि थपेको छ । यसअघि आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोगले मतदाता नामावली दर्ता कार्यक्रम कात्तिक मसान्तसम्म तोकेको थियो ।
मतदाता नामावली दर्तामा समस्या आएपछि आयोग म्याद थप्न बाध्य भएको हो । योसँगै आयोगले राष्ट्रिय परिचयपत्रको आधारमा अनलाइनबाट मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने व्यवस्था मिलाएको पनि जनाएको छ ।
निर्वाचन आयोगको कार्यालय
