नरेन्द्र मोदी र नितिश कुमारको गठबन्धन एनडिएलाई बिहारमा दुई तिहाई, कसरी मतदाता आकर्षित भए ?
टुरिजमफेस
काठमाडौं । भारतको बिहार विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) र जनता दल (युनाइटेड) नेतृत्वको ‘एनडिए’ गठबन्धनले दुईतिहाइ बहुमत प्राप्त गरेको छ ।
कुल २४३ सिटको विधानसभाको अन्तिम मतपरिणाम अनुसार एनडिए गठबन्धनले २०२ सिटमा विजय हासिल गरेको छ । राष्ट्रिय जनता दल (आरजेडी) र कांग्रेसको महागठबन्धन ३५ सिटमा मात्र विजयी हुन सकेको छ । एनडिएले ७४ वर्षका नितिशकुमारलाई र महागठबन्धनले पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवका छोरा ३५ वर्षका तेजस्वी यादवलाई मुख्यमन्त्रीका रूपमा अगाडि सारेर निर्वाचनमा प्रतिष्पर्धा गरेका थिए ।
मतदाताले भने वृद्ध भइसकेका नितिशकुमारलाई विश्वास गरेका छन् । यसअघि पनि मुख्यमन्त्रीको जिम्मेवारी प्राप्त गरिसकेका नितिशकुमारले बिहारको विकासमा गरेको योगदान तथा भ्रष्टाचारविरोधी कार्यले उनलाई मतदाताले विश्वास गरेको पाइएको छ ।
नितिशकुमारले विकास निर्माणका साथै बिहारका महिलाको खाताका १० हजार रूपैयाँ उपलब्ध गराएका थिए भने मदिराविरोधी कार्यलाई पनि जोड दिएका थिए ।
