सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् १४ सदस्यीय पुग्यो, पर्यटन मन्त्रालयको जिम्मेवारी अनिल सिन्हालाई
टुरिजमफेस
काठमाडौं । सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् १४ सदस्यीय पुगेको छ । शुक्रबार ४ जना थप गरिएपछि मन्त्रिपरिषद्को आकार विस्तार भएको हो । मन्त्रिपरिषद् विस्तारसँगै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको जिम्मेवारी यसअघि दुई मन्त्रालय सम्हालिरहेका अनिल सिन्हालाई दिइएको छ ।
नयाँ मन्त्रीहरू कुमारसिंह इङ्नामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, राजेन्द्रसिंह भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, माधव चौलागाईंलाई वन तथा वातावरण, श्रद्धा श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
प्रधानमन्त्री कार्कीले परराष्ट्र, रक्षा तथा खानेपानी मन्त्रालयको जिम्मेवारी भने आफैंसँग राखेकी छन् । थप गरिएका मन्त्रीहरूमध्ये इङ्नाम कानुनका प्राध्यापक हुन् भने चौलागाई कर्णालीबासी, भण्डारी पूर्व एआइजी, श्रेष्ठ पर्यटन बोर्डकी कर्मचारी हुन् ।
यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारीमा रहेका सिन्हालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन गरी ३ मन्त्रालयको जिम्मेवारी दिइएको छ । सिन्हा मन्त्री हुनुभन्दा केही समयअघि सर्वोच्च अदालतको न्यायाधीसबाट अवकाश पाएका व्यक्ति हुन् ।

