ओलीले मनोनीत १०८ महाधिवेशन प्रतिनिधिलाई पोखरेल पक्षले भन्यो– द्वन्द्व बढाउने काम भयो
टुरिजमफेस
काठमाडौं । नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओलीले मनोनीत गरेका १०८ प्रतिनिधिलाई असन्तुष्ट समूहले द्वन्द्व बढाउने काम भएको बताएको छ ।
एमालेको सचिवालय बैठकले मनोनित गर्नेहरूको टुंगो अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलको सामूहिक निर्र्णयबाट लगाइने निर्णय भए पनि ओली पक्षले एकतर्फी प्रतिनिधि चयन गरेकोमा पोखरेल समूहले विरोध गरेको हो ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले सहमति विपरित एकलौटी ढंगले सूची प्रकाशित गरिएकोमा रोष प्रकट गरे । पोखरेल समूहले यस्तो निर्णयले पार्टीलाई एकताबद्ध गर्नुको साटो आपसी द्वन्द्व बढाउने काम गरेको बताएको छ ।
यी हुन् अध्यक्षले मनोनित गरेका प्रतिनिधिहरू

