अस्ट्रेलियामा कम्तीमा १० जनाको ज्यान जाने गरी भएको गोली काण्डको योजनाकार को ?
Emergency workers transport a person on a stretcher after a reported shooting at Bondi Beach in Sydney, Sunday, Dec. 14, 2025. (AP Photo/Mark Baker)
टुरिजमफेस
काठमाडौं । अस्ट्रेलियाको सिड्नीस्थित बन्डी बिचमा गोली चल्दा कम्तीमा १० जनाको मृत्यु भएको छ । करिब दुई सय सर्वसाधारणको भिड रहेको समुद्री किनारमा दुई जना संदिग्धले गोली चलाएका थिए । तर, अहिलेसम्म उनीहरूको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।
सुरक्षित मानिएको अष्ट्रेलियामा दिनदहाडै गोली चलेपछि त्रास फैलिएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । गोली चलेको समयमा समुद्री किनारमा विभिन्न कार्यक्रमसमेत भइरहेको थियो ।
गोली चलाउने एक जना व्यक्तिलाई सर्वसाधारणले नियन्त्रणमा लिएको थिए । पछि ती व्यक्ति प्रहरीको जवाफी कारवाहीमा मारिएका थिए । गोली चलाउने अर्को व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ती व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
गोली चलाउने व्यक्तिको पहिचान नखुलेको र कुन उद्देश्यले गोलीकाण्ड मच्चाइएको हो भन्नेबारे यकिन भइसकेको छैन । एजेन्सीको सहयोगमा
Emergency workers transport a person on a stretcher after a reported shooting at Bondi Beach in Sydney, Sunday, Dec. 14, 2025. (AP Photo/Mark Baker)
