रबि र बालेन्द्र शाहबिचको सहमति रास्वपाबाट अनुमोदन
टुरिजमफेस
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र पार्टी सभापति रबि लामिछानेबिच भएको सहमति राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिबाट अनुमोदन भएको छ ।
बैठकले राष्ट्रहितका लागि आशाको प्रतिबिम्ब भन्दै सहमतिको पूर्ण कार्यान्वयनमा पार्टी प्रतिबद्ध रहने निर्णय गरेको हो ।
उक्त सहमतिले व्याप्त भ्रष्टाचार, बेथिति र कुशासनको अन्त्य गर्दै सुशासन, समुन्नति, लोकतन्त्र र सामाजिक न्यायको दिशामा अघि बढ्ने विश्वास व्यक्त समेत सोही बैठकले गरेको छ ।
फागुन २१ गते हुन गइरहेकको प्रतिनिधि सभा निर्वाचनपछि रास्वपाको तर्फबाट शाह प्रधानमन्त्रीका उम्मेदवार हुने र रबि पार्टी सभापति हुनेलगायतका ७ बुँदे सहमति भएका छन् ।
