पर्यटन प्रबर्द्धन गर्न टिकटकसँग सहकार्य
काठमाडौं: टिकटकले नेपाल पर्यटन बोर्ड (एनटीबी) सँगको सहकार्यमा नेपालका पर्यटन व्यवसायी, ट्राभल कन्टेन्ट क्रिएटर, ट्रेकर तथा पर्वतारोहीहरू लाई कन्टेन्ट क्रिएशन र डिजिटल स्टोरीटेलिङसम्बन्धी व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले कार्यशालाहरूको शृंखला सुरुवात गरेको छ। #VisitNepal नाम दिइएको यस पहलमार्फत नेपालका अद्वितीय प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र साहसिक पर्यटनलाई विश्वभरका दर्शकमाझ पुर्याउने लक्ष्य राखिएको छ। साथै, यसले पर्यटकहरूलाई देशभरी रहेका चर्चित गन्तव्यहरूसँगै ओझेलमा परेका सुन्दर ठाउँहरूको बारेमा पनि जानकारी दिन सहयोग गर्नेछ।
यो शृंखलामा नेपालको पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न सहभागीहरू एकत्रित भएर शर्ट भिडियो क्रिएशन, ऑडियंस एंगेजमेंट, डिजिटल स्टोरीटेलिङ, अडियन्स ग्रोथ, ब्रान्ड कोलाबेरेसन तथा रेस्पोन्सिबल कन्टेन्ट डेभलपमेन्टका उत्कृष्ट अभ्यासहरूको बारेमा सिक्नेछन्। यस क्रममा टिकटकले पर्यटन व्यवसायी, ट्रेकिङ गाइड तथा साना एवम् मझौला उद्यमीहरूलाई आफ्ना सेवा र उत्पादनलाई व्यापक दर्शकमाझ प्रभावकारी रूपमा प्रस्तुत गर्न यस प्लेटफर्मको उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिनेछ ।
कार्यशालाहरूमा अन्तरक्रियात्मक लर्निंग सेशनहरु, व्यावहारिक कन्टेन्ट क्रिएशन सम्बन्धी मार्गदर्शन तथा विभिन्न क्षेत्रका विज्ञहरूसँग छलफलसमेत हुनेछ। यसले सहभागीहरूलाई आकर्षक कन्टेन्ट बनाउन र डिजिटल माध्यममार्फत दर्शकसँग अर्थपूर्ण सम्बन्ध विस्तार गर्न महत्वपूर्ण ज्ञान र अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।
टिकटक छोटो समयमा मोबाइल भिडियोका लागि विश्वकै अग्रणी प्लेटफर्म हो। यसको उद्देश्य सिर्जनात्मकतालाई प्रेरित गर्नु र मनोरञ्जन प्रदान गर्नु हो। टिकटकका कार्यालयहरू लस एन्जेलस, न्यूयोर्क सिटी, लण्डन, पेरिस, बर्लिन, दु
