रास्वपाको केन्द्रीय सदस्यमा ९९ जना निर्वाचित, स्वर्णिमले पाए सर्वाधिक मत, यी हुन् विजयी
टुरिजमफेस
चितवन । । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगका अनुसार खुलासहित विभिन्न समूहबाट कुल ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्।
सार्वजनिक मतपरिणामअनुसार अर्थविद् तथा सांसद स्वर्णिम वाग्ले सर्वाधिक मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। उनले प्रवास र विद्युतीय मतदानसमेत जोडेर कुल २ हजार ६ सय ५६ मत प्राप्त गरेका छन्।
मतपरिणाममा स्वर्णिमपछि सोविता गौतम, शिशिर खनाल र सागर ढकालले पनि उच्च मत प्राप्त गर्दै अग्रस्थानमा रहे। उनीहरू सबै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
रास्वपा निर्वाचन आयोगले खुलातर्फ ३२ जनासहित समावेशी व्यवस्थाअनुसार विभिन्न क्लस्टरबाट निर्वाचित सबै ९९ जनाको नामावली र प्राप्त मत सार्वजनिक गरेको जनाएको छ।
निर्वाचनको विस्तृत मतपरिणामअनुसार प्रत्येक उम्मेदवारले प्राप्त गरेको मतसहितको पूर्ण सूची पार्टीले सार्वजनिक गरेको छ।
Loading Viewer...
