बिल गेट्सको घरको रोचक तथ्यः निजी सुरुङदेखि अन्डरवाटर म्युजिक सिस्टमसम्म
टुरिजमफेस
काठमाडौं । संसारभर धनाढयको रूपमा चिनिएका व्यक्तिहरूको जीवनचर्या र बसोबासको बारे हरेक जोसुकैलाई चासो हुनु स्वभाविक हो । तीमध्ये १३५.२ अर्ब अमरेकी डलर सम्पत्तिका मालिक अमेरिकी धनाढ्य बिल गेट्स कस्तो घरमा बस्छन् होला भन्ने धेरैलाई चासो हुनसक्छ । त्यही कुरालाई ध्यान दिएर हामीले उनी कस्तो घरमा बस्छन् र त्यो घरमा के कस्ता सुविधा छन् भन्ने कुरा पस्केका छौं । बिल गेट्सले सन् १९७५ मा पल एलेनसँग मिलेर माइक्रोसफ्ट नामक सफ्टवेयर कम्पनी स्थापना गरेका थिए । त्यसयता कम्पनीले निरन्तर प्रगति गरिरहेको छ ।

बिल गेट्स विश्वास गर्छन्– यदि तपाईं गरिब भएर जन्मिनुभयो भने त्यो तपाईंको गल्ती होइन । तर यदि तपाईं गरिबीमा मर्नुभयो भने त्यो तपाईंको गल्ती हो । बिल गेट्ससँग यति धेरै सम्पत्ति छ कि हरेक दिन दुबै हातले खर्च गरे पनि त्यो सकिँदैन । अमेरिकाको वासिङ्टन ताल नजिकै रहेको उनको ‘शानाडु’ बंगला रहेको छ । करिब १.५ एकड (६६,००० स्क्वायर फिट) मा फैलिएको उक्त बंगलामा ७ शयन कक्ष, २४ बाथरुम, ६ किचन, स्विमिङ पुल, २ हजार ३०० स्क्वायर फिटको रिसेप्सन हल र २ हजार ५०० स्क्वायर फिटनेस रहेको छ । यो बंगला आधुनिक इलेक्ट्रोनिक प्रणालीले सुसज्जित छ । बिल गेट्सको यो बंगलामा अन्डरवाटर म्युजिक सिस्टमदेखि राजमार्ग जोड्ने सुरुङसम्मका सुविधाहरू छन् । शानाडु एक हवेली हो, जुन लेक वासिङ्टनको किनारमा निर्मित छ । बिल गेट्सको घर हाइटेक छ । घरभित्र स्क्वास कोर्ट र ट्राम्पोलिन कोठा छ । घरको सबै कुरा फोनबाट नियन्त्रित हुन्छ । शानाडुलाई राजमार्गसँग जोड्ने निजी सुरुङ छ । यस बंगलाको सबैभन्दा ठूलो विशेषता भनेको घरमा जुनसुकै बेला जो हिँडे पनि उनीहरूको पाइलाको दबाबका आधारमा परिवारका सदस्य वा सुरक्षाकर्मीले घरमा को–को छ भनी पत्ता लगाउन सक्छन् । घरमा बत्तीहरू स्वचालित रूपमा आउँछ र बन्द हुन्छ । घरमा जडान गरिएका स्पिकरहरूमा बज्ने संगीतले घरमा उपस्थित व्यक्तिलाई एक कोठाबाट अर्को कोठामा पछ्याउँछ । टिभी सेटदेखि एसी र बत्तीसम्म सबै पोर्टेबल टच प्याडबाट नियन्त्रण गरिन्छ । घर हेर्न आउने मानिसलाई घरभित्र पस्नुअघि निरीक्षणका लागि माइक्रोचिप दिइन्छ । एजेन्सीको सहयोगमा
