उच्च व्यवस्थापन हेर्ने सबै कर्मचारी गुमाएको सौर्य एयरलाइन्स अनिश्चकालका लागि बन्द
काठमाडौं । बुधबार जहाज दुर्घटनापछि सौर्य एयरको उडान अनिश्चितकालका लागि बन्द गरिएको छ । दुर्घटनापछि शोकमा परेको यो वायुसेवाले तत्कालका लागि उडान बन्द गरेको हो ।
तर, आर्थिक शंकटमा परेको एयरलाइन्सको लाइसेन्स अवधिसमेत यहि साउन २५ गते सकिने भएकाले फेरि यो जहाँजले उडान नै नगर्ने सम्भावना पनि उच्च रहेको जानकारहरु बताउँछन् । कम्पनीले आफूसँग रहेका दुई वटा जहाँज बेचेर आर्थिक शंकट टार्ने र उडान सधैका लागि बन्द गर्न सक्ने आकलन गरिएको छ । आर्थिक व्यवस्थापन सहज भएमा भने केही महिनापछि कम्पनीले फेरि उडान गर्नसक्ने सम्भावना जीवीतै रहेका नागरिक उड्ययन प्राधिकरणका अधिकारीहरु बताउँछन् ।
उडान सुरु गरेको ६ वर्षमा सौर्यको विमान भयानक दुर्घटनामा उच्च व्यवस्थापन तहका कर्मचारीसहित कार्यालय हाँक्ने कर्मचारीसमेत परेपछि एयरलाइन्स आर्थिक शंकटसँगै अर्को शोकमा डुबेको छ ।
शोकमा परेको वायुसेवाले आफ्नो अनुकुलमा केही दिन उडान नगर्नुलाई स्भावविक मानिन्छ । तर, यो वायुसेवालाई आर्थिक संकटसमेत परेकोले उडान व्यवस्थापन धान्न निकै मुश्किल परिरहेको छ । एकातर्फ आर्थिक संकट गहिरिँदै जानु र अर्कोतर्फ जहाजका कर्मचारीसहितका उच्च व्यवस्थापन एकैपटक दुर्घटनामा परि निधन हुँदा यो वायुसेवाको उडान बन्द हुन पुगेको हो ।
यो वायुसेवासँग सीआरजे २०० नामक ५० सिट क्षमतका ३ वटा जहाजमध्ये अझै २ वटा छन् । एउटा जहाज एयरवर्दी (उडान योग्य) र अर्को एउटा भने मर्मतमै छ । कम्पनीले भने शोकमा डुबेकोले अर्को सूचना जारी नभएसम्मको लागि उडान बन्द गरिएको जनाइसकेको छ ।
