राष्ट्रिय जीवन बीमा कम्पनीमा नयाँ सिइओको प्रतिस्पर्धा, सामाजिक सुरक्षा कोषका रेग्मीदेखि युनाइटेड अजोड इन्स्योरेन्सका पराजुलीसम्म

Rastriya beema company
टुरिजमफेस
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) को बन्ने भन्ने प्रतिस्पर्धा तीव्र चलेको छ । कम्पनीले दोस्रो पटक खुलाएको आवेदनमा सिइओका लागि आठ जनाको आवेदन परेको छ । र, उनीहरू पद पाउन सक्दो प्रयासमा जुटेका छन् ।
सिइओका लागि आवेदन दिनेमा सोही कम्पनीका कार्यवाहक सिइओ महेश रिमाल, सामाजिक सुरक्षा कोषका रोहित रेग्मी, युनाइटेड अजोड इन्स्योरेन्समा कार्यरत लक्ष्मण पराजुली, रामदेव यादव प्रकाशमान बज्राचार्य, सुन्दर पन्थी, रामकृष्ण पन्थी, राजुनाथ खनाल छन् ।
Rastriya beema company