हिन्द महासागरको मायोट द्वीपमा शक्तिशाली तुफानले १०० बढीको मृत्यु
tufan in-Mayotte
टुरिजमफेस
काठमाडौं । हिन्द महासागारको मायोट द्वीपमा शक्तिशाली चक्रवाती तुफानले क्षति पु¥याउँदा एक सय बढीको मृत्यु भएको छ । यद्यपि घटनाको पूर्ण विवरण आउन नसकेको अधिकारीहरुले बताएका छन् ।
फ्रान्सको स्वामित्वमा रहेको द्वीपमा ३ लाख २० हजार जनसंख्या रहेको छ । मायोट द्वीपमा २२५ किलोमिटरको गतीमा तुफान आएको थियो । अधिकारीहरूले यसलाई एक सय वर्षयताकै सबैभन्दा शक्तिशाली तुफान भनेका छन् ।
तुफानबाट हजारौं व्यक्ति प्रभावित भएका छन् । क्षतिग्रस्त क्षेत्रमा खोज, उद्धार र राहतको काम जारी छ । बीबीसीले अहिलेसम्म ११ जनाको मात्र शव फेला परेको जनाएको छ । त्यहाँका सर्वसाधारणलाई खाना, पानी र आवासको समस्या भइरहेको छ । एजेन्सीहरूको सहयोगमा
tufan in-Mayotte
