बिहानै ७ म्याग्निच्युडको भूकम्पले त्रास
earthquake
टुरिजमफेस
काठमाडौं । मंगलवार बिहान ६ बजेर ५० मिनेटमा गएको ७ म्याग्निच्युडको भूकम्पले काठमाडौंलगायतका देशका विभिन्न स्थानमा बसोबास गर्ने सर्वसाधारणमा त्रास सृजना गरेको छ ।
सर्वसाधारण बिहानी कर्ममा जुटेका बेला एक्कासी भूकम्पको धक्का आएको थियो । भूकम्पको धक्का थाहा पाएपछि कतिपय घर बाहिर निस्केका थिए । खानी तथा भूगर्भ विभागका अनुसार नेपालमा महसुस गरिएको भूकम्पको केन्द्रविन्दु नेपाल–चीन सीमाना तिब्बतको दिंगे कान्टी भन्ने स्थान हो ।
विभागका वरिष्ठ भूगर्भविद् भरत कोइरालाले भूकम्पको धक्का देशका अधिकांश स्थानमा महसुस गरिए पनि पूर्वी नेपाल र काठमाडौंमा अलि बढी भएको बताए । भूकम्पको केन्द्रविन्दु र नेपालको दूरी ९० किलोमिटर छ । यससँग नजिकका जिल्लाहरू ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा र दोलखा रहेका छन् । भूकम्पको क्षतिको विवरण आइनसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
earthquake
