रेखा गुप्ता दिल्लीको मुख्यमन्त्री

टुरिजमफेस
काठमाडौँ । भारतीय जनता पार्टीकी विधायक रेखा गुप्ताले दिल्लीको मुख्यमन्त्रीका रूपमा शपथ लिएकी छन् । भर्खर सम्पन्न निर्वाचनमा दिल्लीमा भारतीय जनता पार्टीले बहुमत ल्याएपछि उनी मुख्यमन्त्री बन्न पाएकी हुन् ।
उनको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीसहित भाजपाका अन्य नेताहरू पनि उपस्थित थिए । मुख्यमन्त्री रेखा गुप्तासँगै प्रवेश वर्मा, मन्जिंदर सिंह सिरसा, रवीन्द्र इन्दराज सिंह, आशिष सुद, कपिल मिश्रा र पंकज कुमार सिंहले मन्त्री पदको शपथ लिए ।
प्रवेश वर्माले नयाँ दिल्ली सिटबाट विधानसभा चुनावमा आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाल र भारतीय कंग्रेस उम्मेदवार सन्दीप दीक्षितलाई हराएका थिए । दिल्ली विधानसभा चुनावमा भाजपाले ७० मध्ये बहुमत ४८ सिट जित्दै २७ वर्षपछि दिल्लीको सत्तामा फर्किएको हो ।