होटल तथा पर्यटन व्यवसायी संघ बागमती अध्यक्षमा दामोदर नेपाल

टुरिजमफेस
काठमाडौं । होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको अध्यक्षमा दामोदर नेपाल चयन भएका छन् । संघको पाँचौं साधारणसभाले अध्यक्षमा नेपाल सहित सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्य निर्विरोध चयन गरेको छ ।
संघको वरिष्ठ उपाध्यक्षमा श्यामकुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष निप्पु सर्राफ र द्वितीय उपाध्यक्षमा राजकुमार श्रेष्ठ चयन भएका छन् । त्यस्तै महासचिवमा सुनिल अर्याल चयन हुँदा सचिवमा गोपाल सापकोटा, सहसचिव रामकृष्ण बस्नेत, कोषाध्यक्ष विनोद लामिछाने र सहकोषाध्यमा ललितजंग सिंह आएका छन् ।
सदस्यहरूमा रामशरण गजुरेल, बालकृष्ण भट्ट, तुलसी पौडेल, हेमबहादुर श्रेष्ठ, अञ्जनकुमार खड्का, बोदप्रसाद लोहनी, टिकाबहादुर तामाङ, अमृतबहादुर श्रेष्ठ र सरोजकुमार तामाङ छन् ।