सहज बन्दै तीनकुने क्षेत्र
tinkune
टुरिजमफेस
काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले कफ्र्यु हटाएपछि तीनकुने क्षेत्रको आवागमन सहज बन्दै गएको छ । शुक्रवार रणभूमि जस्तो बनेको उक्त क्षेत्रमा शान्ति, सद्भाव कायम गर्न प्रशासनले कफ्र्यु लगाएर सेना परिचालन गरेको थियो ।
रातभर कफ्र्यु लगाइएको त्यस क्षेत्र सहज बन्दै गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राजावादीहरूको प्रदर्शनको क्रममा तीन क्षेत्रमा सुरक्षाकर्मीसँग झडप हुँदा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो । सुरक्षाकर्मीले सर्वसाधारणको सुरक्ष ागर्न नसकेको भन्दै आलोचना भइरहेको छ ।
त्यस्तै प्रशानसले राजावादी प्रदर्शनको नेतृत्व गरेका धवलशमशेर राणा, रवीन्द्र मिश्र, स्वागत नेपाललगायतका पक्राउ गरेको छ । दुर्गा प्रसाईलाई पनि प्रहरीले खोजी गरिरहेको जनाएको छ । राजावादी आन्दोलनको संयोजक नवराज सुवेदीलाई प्रहरीले घरबाट बाहिर निस्कन दिएको छैन ।
tinkune
