तीनकुने घटनामा पक्राउ परेका ४१ जनालाई हिरासतमा राख्न अदालतको अनुमति
bhatbhateni koteshowar
टुरिजमफेस
काठमाडौं । जिल्ला अदालतले तीनकुने घटनामा पक्राउ परेका ४१ जनालाई थप अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतकी न्यायाधीश तारादेवी महर्जनको इजलासले उनीहरूलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, सोही पार्टीका महासचिव तथा सांसद धवलशमशेर राणासहित ११ जनालाई राजद्रोह र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ भने ३० जनालाई आपराधिक उपद्रव र संगठित अपराधमा अनुसन्धान गर्न म्याद लिएको छ ।
हालसम्म प्रहरीले पक्राउ गरेकामा मिश्र र राणासँगै धर्मगुरू बताउने पुष्कर खतिवडा, दुर्गा प्रसाईंका सहयोगी मनिन्द्र राजभण्डारी, गोपाल मल्ल, सन्तोष चौधरी, रामकुमार धिमाल, पशुपति खड्का, हरिहर चौलागाईं, विष्णु पराजुलीलगायत छन् । त्यस्तै प्रहरीले कोटेश्वरको भाटभटेनी लुटपाट गर्नेहरूलाई पनि पक्राउ गरी कारवाही अघि बढाएको छ । सिसी क्यामेराको फुटेज हेर्दे अन्यलाई पनि पक्राउ गर्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ । राजावादी आन्दोलनको जनकमाण्डर तोकिएका दुर्गा प्रसाई भने फरार रहेको प्रहरीले जनाउँदै आएको छ । यद्यपि प्रसाईले भने आफू काठमाडौंको एक मन्दिरमा रहेको भिडियो सार्वजनिक गरेका छन् ।
bhatbhateni koteshowar
