बल्खुको सभापछि राप्रपाका कार्यकर्ताद्वारा सडक सफा

टुरिजमफेस
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बल्खुमा कार्यक्रम सम्पन्न गरेपछि फोहोर संकलन गरेर उदाहरण पेश गरेका छन् । चैत १५ गते तीनकुनको प्रदर्शनमा हिंसात्मक गतिविधि गर्नसमेत पछि नपरेका तिनै कार्यकर्ताले चैत २६ को कार्यक्रममा भने फोहोर संकलन गरेर उदाहरण बनेका हुन् ।
नेपालमा विभिन्न राजनीतिक दलले अनेक कार्यक्रम गर्ने गरे पनि सडक सफा गर्नेलगायतको जिम्मेवारी बहन गर्ने अभ्यास छैन । पछिल्लो समयमा सडकमा कार्यक्रमपछि फोहोर गर्नेलाई काठमाडौं महानगरले जरिवाना गर्न थाले पनि राजनीतिक दलले अटेरी गर्ने गरेका छन् । रापप्राका अध्यक्ष राजेन्द्र लिङ्देनले मेयर बालेनको नाम लिँदै बल्खुमा कार्यक्रमका कारण जम्मा भएको फोहोर आफैं सफा गर्ने बताएपछि कार्यकर्ताले फोहोर संकलन गरेका थिए ।