सवा १ अर्ब लगानीमा चिल्ली ग्रुपको पोखरामा टेम्पल बेल बुटिक होटल सञ्चालन

टुरिजमफेस
पोखरा । पर्यटकीय राजधानी पोखराको लेकसाइडमा चिल्ली गु्रपले करिब १ अर्ब २५ करोड रूपैयाँको लगानीमा टेम्पल बेल बुटिक होटल एण्ड स्पा सञ्चालनमा ल्याएको छ । चिल्ली ग्रुप पर्यटन व्यवसायी विश्वराज पौडेल र भीष्मराज पौडेलको नेतृत्वमा छ ।
टेम्पल बेलमा नेपाली मौलिकता र अन्तर्राष्ट्रिय स्तरका सुविधा रहेको होटलका अध्यक्ष विश्वराज पौडेलले जानकारी दिए । होटललाई नेपाली काष्ठकला, ढुङ्गा, ढाका, थान्का, झुमर तथा पेन्टिङले सजाइएको छ । पर्यावरणमैत्री शैलीमा सजाइएको कोठा, करिडोर र खुला क्षेत्रले आगन्तुकको मन जित्ने अपेक्षा गरिएको छ ।
करिब साढे दुई रोपनी क्षेत्रफलमा निर्माण भएको होटलमा दुई इन्टरकनेक्टेड ब्लक, ५५ कोठाका साथै स्वीमिङ पुल, स्पा, सभासम्मेलन हल, बार, रेस्टुरेण्टलगायतका सुविधा छन् ।