दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति

टुरिजमफेस
काठमाडौं । चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका जनकमाण्डर दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई १२ दिनको म्याद दिएको छ ।
काठमाडौं जिल्ला अदालतले प्रसाईंलाई अनुसन्धान गर्न १२ दिनको अनुमति दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए । जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईं र उनका बडिगार्ड दीपक खड्कालाई राज्यविरूद्धको कसुरमा अनुसन्धान गर्न म्याद थप गरेको श्रेष्ठले बताए ।
भारतको आसाममा पक्राउ परेका प्रसाईं र खड्कालाई काकडभिट्टाबाट काठमाडौं ल्याएपछि प्रहरीले म्याद थपका लागि अदालतमा पेश गरेको थियो ।