कृषिको आधुनिकीकरणविना आर्थिक समृद्धि असम्भवः प्रधानमन्त्री

kp oli
टुरिजमफेस
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको आधुनिकीकरणविना आर्थिक समृद्धि असम्भव रहेको बताएको छन् । काठमाडौंमा आयोजित दक्षिण एसियाली किसान फेडेरेसनको दोस्रो सम्मेलनमा बोल्दै उनले कुनै पनि पेशा व्यवसायको सबैभन्दा बढी र जीवनका लागि सर्वाधिक अत्यावश्यक र अपरिहार्य क्षेत्र कृषि भएको बताए ।
कृषिको विकासका लागि यान्त्रिकीकरण, आधुनिकीकरण र व्यवसायीकरणको खाँचो रहेको उनको भनाइ छ । कृषिमा लगानीअनुसार प्रतिफल नहुनु, उपयुक्त बजारको अभाव, तथा उत्पादन र उत्पादकत्व न्यून हुनु प्रमुख समस्या भएको उल्लेख गर्दै उनले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
kp oli