बिथोलियो शिक्षक–सरकार वार्ता, यस्तो छ कारण

टुरिजमफेस
काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच शुक्रवार हुने भनिएको वार्ता बिथोलिएको छ । नवनियुक्त शिक्षा मन्त्री रघुजी पन्तले २४ दिनदेखि सडक प्रदर्शन गरिरहेका शिक्षकहरूलाई वार्ताका लागि बोलाएपछि वार्तामा जाँदै गरेका २५ शिक्षकहरूको नाम वार्ताअघि नै सार्वजनिक भएपछि शिक्षकहरू रुष्ट भएर सिंहदरवार गेटबाटै फर्कनु परेको शिक्षक महासंघका एक पदाधिकारीले बताए ।
‘वार्ता अघि बढ्छ वा बढ्दैन भन्ने यकिन नहुँदै नाम सार्वजनिक हुनु शोभनीय भएन,’ उनले भने, ‘यसबाट सरकारले समस्या समाधान भन्दा पनि चर्चा बटुल्न खोजेजस्तो लाग्यो ।’ चैत २० गतेदेखि काठमाडौं केन्द्रित सडक प्रदर्शन र २५ गतेबाट शुरु भएको शैक्षिक हड्तालका कारण विद्यार्थी भर्ना अभियान प्रभावित भएको छ । शिक्षक आन्दोलनकै कारण कक्षा १२ को परीक्षा पनि सारिएको छ ।