शुद्ध दाउरामा पकाएको नेपाली खाना खाने हो ? तयार भइसक्यो व्यञ्जन हाउसको ‘दाउरा चुलो’ रेष्टुरेन्ट

टुरिजमफेस
काठमाडौं । स्थानीय उत्पादन त्यो पनि शुद्ध दाउरामा पकाएको खानाको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने तपाईंहरूका लागि यो मौका आएको छ । व्यञ्जन हाउसले काठमाडौंको तीनकुने नजिकै ‘दाउरा चुलो’ रेष्टुरेन्ट सञ्चालनमा ल्याएको छ, जहाँ स्थानीय उत्पादन शुद्ध दाउरामा आफ्नै अगाडि पकाएर खाने व्यवस्था मिलाएको छ ।
यसअघि विभिन्न मुलुकमा होटल क्षेत्रमा काम गरिसकेका र काठमाडौंमा लोटस, मटन स्टेसन, बरगर हाउसजस्ता हस्पिटालिटी क्षेत्रको अनुभव लिइसकेका दीपक बोहराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आउँदा तीनकुनेको बागमती पुलदेखि करिब तीन सय मिटर उत्तर सिनामंगलपट्टि ‘दाउरा चुलो’ रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । ‘मान्छेले जीवनमा जतिसुकै प्रगति गरे पनि स्वास्थ्य भन्दा ठूलो केही हुँदैन,’ रेष्टुरेन्टका सञ्चालक बोहराले भने, ‘स्वास्थ्यलाई ध्यान दिएरै दाउरा चुलो सञ्चालनमा ल्याएका हौं ।’
व्यञ्जन हाउसले खाना कसरी पाक्छ भन्ने समेत देख्न मिल्ने पारदर्शी किचेनको व्यवस्था मिलाएको छ । गाडी पार्किङदेखि बस्न मिल्ने पर्याप्त स्पेस भएकाले बस्ने स्थानबाटै ग्राहकले आफूले खाने खाना कसरी पाकिरहेको छ भन्ने कुरा देख्न सक्छन् । त्यति मात्र होइन खानामा चाहिने मसलासमेत सिलौटामा पिँध्ने गरेका छौं,’ उनले भने, ‘अहिले हामी यति भन्न सक्छौं कि हाम्रो रेष्टुरेन्टमा शुद्ध खानेकुरा पाक्छ, जुन कुरा ग्राहकले आफैं स्वाद लिएपछि महसुस गर्नुहुन्छ ।’
रेष्टुरेन्टले सकेसम्म स्थानीय उत्पादनका खाद्यवस्तु प्रयोग गरिरहेको छ । ‘पहाडी खसी, बँदेल, लोकल कुखुरा, दोलखाको जिरीमा पालन गरिएका कालिज, जुम्लाको दाल हाम्रा नियमित परिकार हुन्,’ बोहराले भने, ‘यीबाहेक ग्राहकलाई अरु कुनै स्थानीय उत्पादन खान मन लाग्यो भने पनि व्यवस्था गर्ने प्रयास गर्छौं ।’
स्थानीय उत्पादनका पारखीका लागि दाउरामा पकाएर खाने व्यवस्था मिलाएको रेष्टुरेन्टले कन्टिनेन्टल खानाका पारखीहरूका लागि पनि छुट्टै किचनको व्यवस्था गरेको छ । पार्किङको समस्या नभएको हुँदा ग्राहकले प्रशस्त समय लिएर आफ्नै अगाडि पकाएर स्थानीय होस् वा कन्टिनेन्टल खानाको स्वाद लिन सक्छन् । तर समय थोरै हुँदा वा ठूलो समूहमा बसेर बर्थडे पार्टी वा अन्य कुनै कार्यक्रम गर्नका लागि भने केही समय पहिला खवर गर्दा झनै राम्रो हुने बोहराले बताए ।
खानाको मुख्य परिकार र मूल्य
दाउरा चुलो प्रिमियम खाना सेट
(भात, दाल, तरकारी, साग, अचार–३, सलाद, खसीको पक्कु, लोकल पक्कु, फिस फ्राइ, कालिज करी, घीउ, दही) एक हजार रूपैयाँ ।
ढिडो सेट
(ढिडो, दाल, तरकारी, साग, अचार–३, सलाद, खसीको पक्कु, लोकल पक्कु, फिस फ्राइ, कालिज करी, घीउ, दही) एक हजार दुई सय रूपैयाँ ।
कालिज खाना सेट–६२०
खसीको मासु खाना–६२०
लोकल कुखुराको मासु खाना–६२०
कालिज ढिडो–फापर/मकै–९००
कालिज मासु चिउरा सेट–९००
लोकल भाले छानेर–४५००
बँदेल प्रतिकिलो–३०००
भाले कालिजको परिकार– ४५००
लोकेशन–एअरपोर्टबाट आउँदा तीनकुनेस्थित बागमती पुलबाट सिनामंगल जाने बाटोतिर करिब ३०० मिटर
रेष्टुरेन्टको फोन नम्बर ०१–४५७२२६६
खना पाइने समय–बिहान ९ बजेदेखि राति १० बजेसम्म
सेमिनार हल, प्राइभेट रुमको पनि व्यवस्था