एकै दिन ४० आरोही सगरमाथा शिखरमा, अधिकांश जापान, चीन र युक्रेनका

टुरिजमफेस
काठमाडौं । यो वर्षको वसन्त ऋतुमा पहिलोपटक बुधवार सबभन्दा बढी आरोहीले विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । पर्यटन विभाग अनुसार आरोही र सहयोगी गरी ४० जना सगरमाथा चुचुरोमा पुगेका हुन् ।
सगरमाथा आरोहण गर्नेमा अधिकांश युक्रेन, जापान र चीनका नागरिक र उनीहरूसँगै शेर्पा सहयोगी रहेको विभागले जनाएको छ । यो वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४ सय ५८ जनाले आरोहण अनुमति लिएका छन् ।
त्यस्तै अन्य २७ हिमाल आरोहण गर्न १ हजार १ सय ४० जनाले अनुमति लिएको विभागले जनाएको छ ।