सेना जहाज उडाउँछ, भुक्तानी पाउँदैन

टुरिजमफेस
काठमाडौं । चाहे उच्चपदस्थ नेता, कर्मचारी बोक्न होस् चाहे विभिन्न उद्धार कार्यमा नेपाली सेनाको जहाज प्रयोग हुँदै आएको छ । तर यसरी प्रयोग हुने गरेको जहाज उडान गरेबापतको वर्षौंदेखि रकम नेपाली सेनाले प्राप्त गर्न नसकेको पाइएको छ ।
महालेखा परीक्षकको ६२औं प्रतिवेदनका अनुसार नेपाली सेनाले आर्थिक वर्ष २०३४/३५ देखि नै आफ्ना जहाज उडान गरेबापतको भुक्तानी पाउन सकेको छैन । आर्थिक वर्ष २०७९/८० सम्म सेनाले जहाज उडाएको ८ करोड १७ लाख २४ हजार रूपैयाँ भुक्तानी पाउन बाँकी छ । यद्यपि महालेखाले उच्च पदस्थ व्यक्तिको उडानतर्फ हुने बक्यौता रकमबारे वर्षेनि प्रश्न उठाउने गरेको छ । तर, यस्तो रकम असुलीमा सुधार हुन सकेको छैन ।
हाल सेनासँग भएका १३ हेलिकप्टर र ६ वटा जहाजमध्ये ५ हेलिकप्टर र ४ जहाज सञ्चालनमा छन् ।